अस्ताउँदो सूर्यलाई अर्घ दिँदै छठ पर्व मनाइँदै
nepaltvonline.com · Sun Nov 15 10:54:15 UTC 2026

काठमाडौं – छठ पर्वको मुख्य दिन देशका विभिन्न जलाशय तथा नदी किनारमा अस्ताउँदो सूर्यलाई दिँदै छठ पर्व मनाइँदै छ। तराइ मेधशका मुख्य तलाउ, पोखरी. नदिकिनार जलाशय क्षेत्र साथै काठमाडौंको कमलपोखरी, गौरीघाटलगायतका स्थानमा छठ पर्व मनाउन पुगेका व्रतालु तथा श्रद्धालु भक्तजनको भीड लागेको छ । पूजाका लागि जलाशयका किनारमा विशेष सजावट गरिएको छ भने भक्तजनको चहलपहलले छठमय बनेको छ ।
छठ पर्वका अवसरमा व्रतालुहरू दिनभर निराहार व्रत बसेर साँझ पूजाका सामग्रीसहित जलाशयका किनारमा पुगेका थिए । उनीहरूले केराका घरी, उखु, फलफूल तथा विभिन्न परिकारले सजाइएका डाला र नाङ्लोमा पूजा सामग्री राखेर अस्ताउँदो सूर्यलाई अर्घ दिएका छन् । कमलपोखरी र गौरीघाटमा परिवारसहित पुगेका श्रद्धालुहरूले सूर्यदेवको पूजा आराधना गर्दै विधिपूर्वक छठ पर्व मनाएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepaltvonline.com)