मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

वैभवीलाई थाइल्यान्डमा दुई पदक

corporatenepal.com · Sun Nov 15 10:51:06 UTC 2026

काठमाडौँ । तेक्वान्दो खेलाडी वैभवी सापकोटाले थाइल्यान्डमा सम्पन्न बैंकक खुल्ला अन्तरराष्ट्रिय तेक्वान्दो प्रतियोगितामा नेपाललाई दुई पदक दिलाएकी छिन् ।

नेपालबाट एकमात्र सहभागी खेलाडी वैभवीले क्योरुगी विधामा रजत र पुम्से विधामा कास्य पदक दिलाएकी हुन् । बैंककस्थित फेसन आइल्याण्डको स्पोट्र्स हलमा भएको उक्त प्रतियोगितामा ११ वर्षीया वैभवी क्योरुगीमा थाइल्यान्डकी खेलाडीसँगको प्रतिस्पर्धात्मक खेलमा पराजित भइन् ।

स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)