नियुक्तिपत्र बुझे दानबहादुर कार्कीले, अब प्रधानमन्त्री कार्यालयमा काम गर्लान् ?
nepallive.com · Sun Nov 15 11:03:53 UTC 2026

काठमाडौं– तत्कालीन प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले प्रधानमन्त्री बालेन्द्र शाहको विशेष सुरक्षा सल्लाहकारको नियुक्तिपत्र बुझेका छन् । तिहार बिदा सुरु हुनुअघि नै कार्कीले नियुक्तिपत्र बुझेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय स्रोतले जनाएको छ ।
तर, नियुक्तिपत्र बुझ्दैमा उनी सहज रूपमा नयाँ जिम्मेवारीमा काम गर्न तयार भएका हुन् भन्ने प्रश्न भने टरेको छैन । सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेका कार्की र सरकारबीचको खटपटका बीच अब उनले प्रधानमन्त्री कार्यालयमा बसेर कसरी काम गर्छन् भन्ने चासो बढेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)