मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

तराई-मधेशको पीडामा मलम लगाउँदै धमलाः विपद् र अभावमा नागरिकको बलियो भरोसा

reportersnepal.com · Sun Nov 15 11:01:38 UTC 2026

काठमाडौँ । नेपाली पत्रकारिताको मूलधारमा तीन दशकभन्दा लामो समयदेखि निरन्तर क्रियाशील ऋषि धमला यतिबेला सञ्चारकर्मको घेराभन्दा माथि उठेर प्रत्यक्ष नागरिक सेवा र सामाजिक रूपान्तरणको महाअभियानमा होमिएका छन्। पत्रकारितासँगै ‘स्वतन्त्र नागरिक अभियान’को नेतृत्व सम्हालिरहेका धमलाको पछिल्लो तराई-मधेश दौडाहाले राज्यको उपस्थिति कमजोर भएका र पहुँचविहीन नागरिकहरूका लागि एउटा बलियो भरोसाको केन्द्रका रुपमा स्थापित गरिदिएको छ। स्थानीय स्तरका जटिल समस्याहरूको सूक्ष्म पहिचान गर्ने, पीडित परिवारको घरदैलोमै पुगेर सान्त्वना दिने र तत्काल राहत तथा प्रशासनिक समाधानको पहल गर्ने उनको यो कार्यशैलीले राजनीतिक दलका नेताहरूलाई समेत नैतिक दबाब सिर्जना गरेको छ।

नेपाली समाजमा प्राकृतिक विपद्ले जनजीवन अस्तव्यस्त बनाउँदा ऋषि धमला सधैँ अग्रपङ्क्तिमा उभिने गरेका छन्। केही समयअघि रसुवा र भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढी होस् वा धादिङ र नुवाकोटका बाढीपीडितको चित्कार, धमलाले ज्यानको बाजी थापेर प्रभावित क्षेत्रमै पुगी राहत र उद्धारमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए।

स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)