पराजयको मनोवैज्ञानिक दबाबबाट माथि उठ्न खोज्दै एमाले, कार्यकर्ताको मनोबल फर्काउन राष्ट्रिय भेला
lokaantar.com · Sun Nov 15 11:06:51 UTC 2026

संसद्को तेस्रो शक्ति नेकपा एमाले यतिबेला कार्यकर्तामा गुमेको आत्मविश्वास फर्काउने प्रयासमा जुटेको छ। तीनपटक देशको प्रधानमन्त्री बनेका केपी शर्मा ओली नेतृत्वको एमाले स्वयं अघिल्लो वर्ष भएको जेनजी विद्रोहयता रक्षात्मक अवस्थामा छ। त्यसको असर पार्टी नेतृत्वमा मात्र नभई तल्लो तहका कार्यकर्तासम्म परेको निष्कर्षसहित एमालेले राष्ट्रिय कार्यकर्ता भेला आयोजना गर्न लागेको हो।
पार्टीले आगामी मंसिर २ र ३ गते काठमाडौंमा राष्ट्रिय कार्यकर्ता भेला गर्ने तयारी गरेको छ। भेलामा देशभरबाट पार्टीका नेता, जनप्रतिनिधि तथा विभिन्न तहका संगठनका प्रतिनिधिसहित ३ हजार ४१४ जनाको सहभागिता रहने एमालेले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)