कठमाण्डूले टस जित्यो, पहिले फिल्डिङ गर्ने
baahrakhari.com · Sun Nov 15 11:08:19 UTC 2026
काठमाडौं । काठमाण्डू गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनमा पोखरा एभेन्जर्सविरुद्ध पहिले फिल्डिङ गर्ने भएको छ । आइतबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा काठमाण्डूका कप्तान करण केसीले टस जितेर पोखरालाई ब्याटिङको निम्तो दिए ।
खेलमा काठमाण्डू जित निकाल्दै दोस्रो शीर्ष टोलीको रूपमा प्लेअफ प्रवेश गर्ने लक्ष्यमा हुनेछ । टोलीले यसअघि नै प्लेअफमा स्थान सुरक्षित गरिसकेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)