तापक्रम वृद्धिलाई १.५ डिग्रीमा सीमित राख्ने लक्ष्यबारे कोप–३१ मा मतभेद
hamrakura.com · Sun Nov 15 00:00:00 UTC 2026

काठमाडौँ। विश्वव्यापी तापक्रम वृद्धिलाई १.५ डिग्री सेल्सियसभित्र सीमित राख्ने लक्ष्यबारे संयुक्त राष्ट्रसंघीय जलवायु सम्मेलन (कोप–३१) मा सहभागी राष्ट्रहरूबीच तीव्र मतभेद देखिएको छ। विगत एक दशकदेखि जलवायु परिवर्तन नियन्त्रणको प्रमुख लक्ष्यका रूपमा रहेको १.५ डिग्रीको सीमा कायम राख्ने वा हटाउने भन्ने विषयमा अन्योल बढेको हो।
संयुक्त राष्ट्रसंघले गत सेप्टेम्बरमा औद्योगिक युगअघिको तुलनामा विश्वको तापक्रम १.५ डिग्री सेल्सियसभन्दा माथि पुग्ने अवस्था अब निकट र टार्न नसकिने घोषणा गरेको थियो। हालसम्म पृथ्वीको औसत तापक्रम करिब १.४ डिग्री सेल्सियसले बढिसकेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)