बाल सुधार गृहबाट बालबन्दी फरार
gorkhapatraonline.com · Sun Nov 15 11:12:35 UTC 2026

कास्की, कात्तिक २९ गते । कास्कीको पोखरा महानगरपालिका वडा नम्बर १८, सराङकोटमा रहेको बाल सुधार गृहबाट आइतबार एक बालबन्दी फरार भएका छन् । आइतबार बिहान साढे ७ बजेतिर एक १७ वर्षीय बालक फरार भएका हुन् ।
सुधार गृहका प्रमुख डाँसीराम रेग्मीले बिहानै बालबन्दी फरार भएको र सम्पर्कमा नआएको जानकारी दिनुभयो । “आइतबार बिहान साढे ७ बजेतिर बालगृहको पर्खाल नाघेर बालबन्दी फरार भएपछि खोजी जारी छ,” उहाँले भन्नुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)