मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सोमबार सबै आन्तरिक राजस्व कार्यालय खुला रहने

nepalpress.com · Sun Nov 15 11:15:42 UTC 2026

काठमाडौं । सरकारले सार्वजनिक बिदा दिएको दिन पनि आन्तरिक राजस्व विभाग अन्तर्गतका कार्यालयहरू खुला राख्ने निर्णय गरिएको छ। आन्तरिक राजस्व विभागले सोमबार सार्वजनिक बिदा परे पनि राजस्वसँग सम्बन्धित कार्यका लागि कार्यालयहरू खुला रहने जानकारी दिएको हो ।

विभागका निर्देशक बुद्धि प्रसाद आचार्यका अनुसार कात्तिक ३० गते सोमबार सरकारले सार्वजनिक बिदा दिए पनि सबै आन्तरिक राजस्व कार्यालय खुला रहने भएको हो । कात्तिक मसान्तमा राजस्व परिचालनको हिसाबले उक्त दिन विशेष महत्त्व रहने भएकाले करदाताहरूलाई सहजता प्रदान गर्न कार्यालय खोल्न निर्देशन दिइएको हो।

स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)