मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

प्रधानमन्त्रीको विशेष सल्लाहकारमा नियुक्तिको पत्र दानबहादुरले पहिले नै बुझिसकेको खुलासा

corporatenepal.com · Sun Nov 15 11:20:50 UTC 2026

काठमाडौं । नेपाल प्रहरीको प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाएर प्रधानमन्त्रीको विशेष सल्लाहकार बनाइएका दानबहादुर कार्कीले बल्ल उक्त पदमा नियुक्तिको पत्र बुझेका छन् । आफूलाई हटाएर दोस्रो बरियताका डा. मनोज केसीलाई आईजीपी बनाएपछि उनले विशेष सल्लाहकारको पत्र बुझ्न आनाकानी गर्दै आएका थिए ।

कार्कीलाई आईजीपीबाट हटाउने क्रममा मन्त्रिपरिषद बैठकले आईजीपीसरहको प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारको पद सिर्जना गरेको थियो । आफ्नो आदेशलाई बेवास्ता गर्दै सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको इशारामा चलेको भन्दै प्रधानमन्त्री बालेन शाहले कार्कीलाई आईजीपीबाट हटाएर केसीलाई ल्याएका थिए ।

स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)