मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

कांग्रेसबाट स्थानीय चुनावमा क्षमतावान् र लोकप्रियले मात्र टिकट पाउँछन् : उपसभापति चौधरी

annapurnapost.com · Sun Nov 15 11:13:17 UTC 2026

परासी : नेपाली कांग्रेसका उपसभापति विनोदकुमार चौधरीले आगामी स्थानीय तह निर्वाचनअघि नै पार्टीलाई पूर्ण रूपमा डिजिटल प्रणालीमा लैजाने गरी काम भइरहेको बताएका छन्। उनले पार्टीको डिजिटलाइजेसनसम्बन्धी ९० प्रतिशत काम पूरा भइसकेको जानकारी दिए। वडास्तरका कार्यकर्तादेखि केन्द्रीय नेतृत्वसम्म एकैपटक एउटै सन्देश प्रवाह गर्न तथा पार्टीको कामलाई प्रविधिमैत्री बनाउन डिजिटल प्रणाली विकास भइरहेको उनले बताए।

नेपाली कांग्रेस जिल्ला समिति नवलपरासी र पार्टीको निर्वाचन क्षेत्र नम्बर १ द्वारा छुट्टाछुट्टै आयोजित १४ औँ महाधिवेशनबाट निर्वाचित उपसभापति चौधरीसहित केन्द्रीय सदस्यहरूको सम्मान तथा बधाई कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्। १४ औँ महाधिवेशनपछि पार्टीभित्र देखिएको गुट–उपगुट र फोहोरी राजनीति अन्त्य भएको दाबी गर्दै उनले निर्वाचनका बेला पैसाका भरमा टिकट प्राप्त गर्ने प्रवृत्तिसमेत अन्त्य भएको उल्लेख गरे। उनले आगामी स्थानीय निर्वाचनमा क्षमता र लोकप्रियताका आधारमा उम्मेदवार छनोट गरिने बताए।

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)