छिन्ताङमा भूपाल राईको गीत गाउँदै सुदन किराती- छानो टाल्ने सपनै चर्को छ
nepalpress.com · Sun Nov 15 11:30:15 UTC 2026

धनकुटा । २०३६ सालको कात्तिक महिनामा धनकुटाको खोकु, छिन्ताङ र आँखिसल्ला क्षेत्रमा पञ्चाचायती राज्यसत्ताद्धारा १६ जना सर्वसाधारणको विभत्स हत्या भएको थियो । निरंकुश व्यवस्था र स्थानीय सामान्ती शोषणविरुद्ध आवाज उठाउने निहत्था किसान, विद्यार्थी तथा वामपन्थी कार्यकर्तालाई राज्यले सेना र प्रहरी परिचालन दिएर गोली हानी तथा चरम यातना दिएर हत्या गरेको थियो ।
आज त्यही ठाउँमा पुगेका श्रम संस्कृति पार्टीका वरिष्ठ नेता सुदन किरातीले शहीदहरूको सपना इतिहासको विषय मात्र नभएर वर्तमानको जिम्मेवारी र भविष्यको मार्गदर्शन समेत भएको बताएका छन् । किरातीले शहीदको त्याग र बलिदानप्रति उच्च सम्मान व्यक्त गर्दै, सहिदको अधुरा सपना पूरा गर्ने र सहितको बलिदान खेर जान दिने प्रतीज्ञा गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)