कालो ज्याकेट, एआई साम्राज्य र अप्रत्याशित बहिर्गमन
ratopati.com · Sun Nov 15 11:40:20 UTC 2026

एआईको विश्वव्यापी फड्कोसँगै सबैभन्दा बढी चर्चामा आएका व्यक्तिमध्ये एक हुन् जेन्सेन हुआङ । ग्राफिक्स चिप बनाउने कम्पनी एनभिडियालाई एआई युगको प्रमुख प्रविधि शक्ति बनाउने उनै हुआङ आज विश्वका धनी व्यक्तिहरूको सूचीमा पनि छन् । कालो छालाको ज्याकेट, असाधारण कार्यशैली, विलासी घर र सार्वजनिक मञ्चमा देखिने सहज व्यवहारका कारण पनि उनी चर्चित छन् ।
सन् १९९३ मा स्थापना भएको एनभिडियाले सुरुमा कम्प्युटर गेमका लागि ग्राफिक्स प्रोसेसिङ युनिट (जीपीयू) बनाउँथ्यो । अहिले त्यही प्रविधि एआई मोडेलको प्रशिक्षण, डाटा सेन्टर, स्वचालित सवारीसाधन र वैज्ञानिक अनुसन्धानका लागि अत्यावश्यक बनेको छ । यस परिवर्तनको केन्द्रमा रहेका हुआङको जीवनकथा आप्रवासी बालकबाट विश्वप्रसिद्ध प्रविधि उद्यमीसम्मको यात्रा हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)