पर्यटक सवार स्कारपियो दुर्घटना हुँदा पाँच जना घाइते
gorkhapatraonline.com · Sun Nov 15 11:54:52 UTC 2026

मुगु, कात्तिक ३० गते । मुगुको छायानाथ रारा नगरपालिका–७ टिप्ला गाउँस्थित रारा जाने सडकमा पर्यटक सवार स्कारपियो दुर्घटना हुँदा पाँच जना घाइते भएका छन् ।
रारा ताल घुम्नका लागि पर्यटक बोकेर जाँदै गरेको बा १७ च १८६४ नम्बरको टोयोटा कम्पनीको स्कारपियो आइतबार साँझ करिब ४ बजे रारा ताल जाने सडकको जिरो प्वाइन्टबाट करिब एक सय मिटर अगाडि दुर्घटनामा परेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)