पावरप्लेमा काठमाण्डुविरुद्ध पोखराको उत्कृष्ट ब्याटिङ
nepalviews.com · Sun Nov 15 11:48:11 UTC 2026
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) ३ को लिग चरणको अन्तिम खेल पोखरा एभेन्जर्स र काठमाण्डु गोर्खाजबीच भइरहेको छ । टस जितेको काठमाण्डुले पोखरालाई ब्याटिङको निम्तो दिएको थियो ।
पोखराले सुरुमै अर्जुन कुमालका रूपमा पहिलो विकेट गुमाए पनि युवराजसिंह साम्रा र कुशल भुर्तेलले उत्कृष्ट ब्याटिङ गरेका छन् । पावरप्लेमा पोखराले १ विकेट गुमाएर ६५ रन जोडेको छ । साम्रा २८ र भुर्तेल २५ रन बनाएर खेलिरहेका छन् । साम्राले पहिलो खेलमा शतक बनाएका थिए भने दोस्रोमा अर्धशतक बनाएका थिए । तेस्रो खेलमा पनि उनी राम्रो लयमा देखिएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)