मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

अस्ताउँदो सूर्यलाई अर्घ्य दिँदै मनाइयो छठ [तस्वीरहरू]

nepalviews.com · Sun Nov 15 11:56:27 UTC 2026

काठमाडौं । छठ पर्वको मुख्य दिन आइतबार साँझ व्रतालुहरूले अस्ताउँदो सूर्यलाई अर्घ्य दिएका छन् । काठमाडौंको थापाथलीस्थित बागमती नदी किनारमा भेला भएका व्रतालुहरूले विधिपूर्वक पूजा आराधना गर्दै सूर्यदेवलाई अर्घ्य अर्पण गरेका हुन् ।

व्रतालुहरूले बाँसका ढाकी र सुपलीमा फलफूल, ठकुवा, भुसुवा, नरिवल र उखुलगायत पूजाका सामग्री सजाएर नदी किनारमा सूर्यको उपासना गरेका थिए । अर्घ्य दिने क्रममा उनीहरूले दुवै हातमा चामलको घोल र सिन्दुर लगाई अक्षता तथा फूलसहित पूजाका सामग्री सूर्यदेवलाई चढाएका थिए ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)