सुशासनको दिवास्वप्न टुट्यो ?
baahrakhari.com · Sun Nov 15 12:04:01 UTC 2026

सुशासनका शास्त्रीय व्याख्या र बुद्धि विलास पन्छाएर हेर्ने हो भने कम्तीमा दुईवटा गुण भएको शासन सुशासनमा दरिन सक्छ - पहिलो पारदर्शिता र दोस्रो जवाफदेही । कुनै शासन ‘सुशासन’ हो कि होइन भन्ने खुट्याउन यिनै दुई गुणको कसी लगाउन सकिन्छ । अहिलेको राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता वालेन्द्र शाहको सरकार छोटै अवधिका पारदर्शिता र जवाफदेहीका दृष्टिमा विफल हुन पुगिसकेको देखिन्छ ।
नेपालीहरूको सुशासनको सपना फेरि एकपटक दुःस्वप्नमा परिणत हुने लक्षण देखिन थालेको छ । देशमा अहिलेसम्म सुशासन देख्न नपाएका नेपालीले त्यस्तो सपना देख्नु नै सायद दिवास्वप्न हो । नियति नै नेपाललाई कुशासनको भ्रमजालबाट उम्कन नदिन कम्मर कसेर लागेर हो कि कुन्नि सुशासनको सपना पूरा हुन्छ कि भन्ने आशा पलाउन नभ्याउँदै त्यसमा तुसारो परिहाल्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)