न्युजिल्यान्डलाई २२ रनले हराउँदै भारतले जित्यो एकदिवसीय शृङ्खला
nagariknews.nagariknetwork.com · Sun Nov 15 11:39:14 UTC 2026
तीव्र गतिका बलर अर्शदीप सिंहले तीन विकेट लिएपछि भारतले आइतबार न्युजिल्यान्डविरुद्धको पाँचौं तथा अन्तिम एकदिवसीय अन्तर्राष्ट्रिय खेल २२ रनले जितेको छ। यस जितसँगै भारतले शृङ्खला ३–१ ले आफ्नो पक्षमा पारेको छ।
दुई सय १० रनको लक्ष्य पछ्याउने क्रममा न्युजिल्यान्डले महत्वपूर्ण समयमा विकेट गुमायो। टोली १८७ रनमा समेटियो र सात वर्षयता पहिलो पटक घरेलु मैदानमा एकदिवसीय शृङ्खला हार्न पुग्यो।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)