तराईको रौनक पहाडमा
nagariknews.nagariknetwork.com · Sun Nov 15 11:46:02 UTC 2026

छठ पर्व भन्ने बित्तिकै तराईका नदी, पोखरी र जलाशय किनारमा देखिने झिलिमिली दृश्य भन्ने मनमा आउँंछ । साथै, भक्तिभाव र उल्लासको सम्झना पनि आउँछ । सूर्यदेव र छठी माताको आराधना गरी मनाइने यो पर्व तराईवासीको विशेष पर्वका रूपमा परिचित छ । तर पछिल्लो समय छठ पर्व तराईमा मात्र सीमित छैन । पहाडको सहर काठमाडौं उपत्यकामा पनि यसको रौनक बढ्दै गएको छ । यसको एउटा उदाहरण हो, भक्तपुरको कमलविनायकस्थित कमलपोखरी ।
भक्तपुर नगरपालिका–१०, नगरकोट बसपार्कसँगै रहेको कमलपोखरीमा यस वर्ष पनि हजारौंको सहभागितामा भव्य रुपमा छठ पर्व मनाइएको छ, जहाँं एक सय भन्दा वढी बढी व्रतालु तथा भक्तजन प्रतिव्यक्ति दुई हजार पाँंच सय रुपैयाँं तिरेर पर्व मनाउन जुटेका थिए । सूर्यदेवलाई अर्घ दिएर परिवारको सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यको कामना गरेका थिए । पर्वका लागि पोखरी परिसरलाई बेहुलीझैँ सिँगारिएको थियो । पूजाका लागि मञ्च निर्माण गरिएको थियो । व्रतालु तथा भक्तजनको सुविधाका लागि पोखरीको दक्षिण र पूर्वी किनारमा लहरै टेन्ट राखिएका थिए । साथै राति सुत्नका लागि पोखरीसँंगैको सार्वजनिक पाटीमा विशेष वन्दोवस्त पनि गरिएको थियो । परिसरमा सरसफाइ, सजावट तथा अन्य व्यवस्थापकीय काम गरिएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)