लामो बिदाले पोखरामा आन्तरिक पाहुना भित्र्यायो
nagariknews.nagariknetwork.com · Sun Nov 15 12:02:13 UTC 2026

आन्तरिक पाहुनाको भीड बढेपछि शनिबार बेलुकी पोखराको लेकसाइड क्षेत्र खचाखच थियो। फेवाताल किनारको फुटट्रयाकमा पाहुनाको भीडभाड देखिन्थ्यो। ताल किनारका रेस्टुरेन्टमा पनि पर्याप्त पाहुना थिए। घुमघाममा आउनेमा अधिकांश आन्तरिक पाहुना थिए। खेल्ने देखि खानेठाउँसम्म भीडभाड देखिन्थ्यो।
मुख्य पर्यटकीय सिजनमा पनि पर्याप्त पाहुना नपाई गुजारेका पर्यटन व्यावसायी यतिबेला आन्तरिक पाहुना पाउँदा हौसिएका छन्। अहिले पोखरामा मात्र नभई आसपासका सबैतिरका पर्यटकीय गन्तव्यमा पाहुनाको भीडभाड रहेको व्यावसायीको भनाई छ। आन्तरिक पाहुनासँगै थपिएका केही भारतीय र तेश्रो मुलुकका पाहुनाले गर्दा पछिल्ला केहीदिन होटलको अकुपेन्सी पनि उकासिएको व्यवासायीको भनाई छ। अधिकांश होटलको अकुपेन्सी ९० प्रतिशत हाराहारीमा पुगेको उनीहरुको भनाई छ।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)