मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै ‘सझुका अरख’ सम्पन्न

canadanepal.com · Sun Nov 15 12:03:34 UTC 2026

काठमाडौं - लोकआस्थाको महापर्व छठअन्तर्गत अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर ‘सझिया अरख’ विधि सम्पन्न गरिएको छ। कार्तिक शुक्ल षष्ठीका दिन निराहार व्रत बसेका व्रतालुले आइतबार साँझ नदी, तलाउ, पोखरी तथा अन्य जलाशयमा बनाइएका घाटमा पुगेर अस्ताउँदो सूर्यलाई पहिलो अर्घ्य दिएका हुन्।

महोत्तरीसहित मिथिलाञ्चलका विभिन्न स्थानमा आकर्षक रूपमा सजाइएका छठ घाटमा व्रतालु तथा श्रद्धालुको उल्लेख्य उपस्थिति थियो। मिथिला र विद्यापति पञ्चाङ्गअनुसार आइतबार साँझ ५ः१० बजे सूर्यास्त हुने समय निर्धारण गरिएको थियो। सोही समयअनुसार सूर्यदेव र छठी माताको आराधना गर्दै मङ्गलगानका बीच पहिलो अर्घ्य अर्पण गरिएको हो।

स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)