विराटनगरमा अब मसाज गर्दा कोठाको चुकुल लगाउन नपाइने
barnanmedia.com · Sun Nov 15 12:12:48 UTC 2026

विराटनगर । मसाज गर्ने कोठामा अब चुकुल लगाउन नपाइने भएको छ। मोरङ जिल्ला प्रशासन कार्यालयले विराटनगरका रात्रिकालीन होटल तथा मनोरञ्जनात्मक व्यवसायलाई व्यवस्थित र मर्यादित बनाउन तयार पारेको नयाँ मापदण्डको मस्यौदामा यस्तो व्यवस्था प्रस्ताव गरेको हो।
मस्यौदामा समेटिएको यो प्रावधानले अहिले विशेष चर्चा पाएको छ। प्रशासनले व्यवसाय सञ्चालनका क्रममा हुन सक्ने अवाञ्छित गतिविधि नियन्त्रण गर्नुका साथै ग्राहक र श्रमिकको सुरक्षालाई ध्यानमा राखेर यस्तो व्यवस्था प्रस्ताव गरेको बुझिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)