अस्ताउँदो सूर्यलाई अर्घ्य दिँदै ‘सझुका अरख’ सम्पन्न
kendrabindu.com · Sun Nov 15 12:26:40 UTC 2026

महोत्तरी। लोकआस्थाको महापर्व छठको ‘सझिया अरख’ आइतबार साँझ सम्पन्न गरिएको छ। मधेसका महोत्तरीसहितका मिथिला क्षेत्रमा आज कार्तिक शुक्ल षष्ठी तिथिको निराहार उपवास गरेका व्रतालुले अस्ताउँदो सूर्यलाई पहिलो अर्घ्य दिएसँगै ‘सझिया अरख’ विधि सम्पन्न भएको हो।
नदी, तलाउ र कुण्डसहितका जलाशयमा निर्मित मनोरम घाटमा व्रतालुले आज साँझ अस्ताउँदा सूर्यलाई पहिलो अर्घ्य दिएका हुन्। सम्पूर्ण मिथिला क्षेत्रमा आज साँझ ५:१० बजेको समयमा सूर्यास्त भएको छ। सूर्यास्तको बेला पारेर सूर्यदेव र छठीदेवीको महिमा गान गरिएका मङ्गलगानका बीच पहिलो अर्घ्यको विधि सम्पन्न भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)