मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

छठका व्रतालुले चढाए अस्ताउँदो सूर्यलाई अर्घ

gorkhapatraonline.com · Sun Nov 15 12:24:58 UTC 2026

छठ पर्वका व्रतालुले आइतबार साँझ अस्ताउँदो सूर्यलाई श्रद्धापूर्वक अर्घ अर्पण गरेका छन् । पानीमा डुबेर सूर्यलाई अर्घ चढाएसँगै व्रतालु बत्ती जगाएर छठ घाटमै बास बसेका छन् । उनीहरुले अब सोमबार बिहान पुनः यसैगरी उदाउँदो सूर्यलाई अर्घ चढाएपछि मात्र घर फर्कने छन् ।

छठ घाटमा व्रतालुसँगै उनीहरुको परिवारका सदस्य र दृश्यावलोकन गर्न पुगेकाहरुको बाक्लो चहलपहल छ । सर्लाहीको २० वटा पालिकाका सयौँ स्थानमा पोखरी, खोला, नदी, नहर तथा अन्य जलाशय किनारमा छठघाट तयार पारेर छठी मैयाँको पूजा गरिएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)