मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

ताप्लेजुङमा अघि बढ्न सकेन विकास आयोजना

gorkhapatraonline.com · Sun Nov 15 12:27:51 UTC 2026

ताप्लेजुङ, कात्तिक २९ गते । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता इन्द्र आङ्बोले ताप्लेजुङमा लामो समयदेखि रोकिएका विकास आयोजना अघि बढ्न नसकेको भन्दै चिन्ता व्यक्त गर्नुभएको छ । सुकेटार–काफ्लेपाटी सडक, पाथीभरा लिफ्टिङ खानेपानी आयोजनालगायतका महत्वपूर्ण आयोजना लामो समयदेखि अलपत्र अवस्थामा रहेको उहाँले बताउनुभयो ।

नेकपा कोशी प्रदेशसभा संसदीय दलका नेता तथा कोशी प्रदेश सरकारका पूर्वअर्थमन्त्री आङ्बोले विकास आयोजना कार्यान्वयनका लागि जनप्रतिनिधि, राजनीतिक दल र सरोकारवाला निकायले प्रभावकारी पहल तथा दबाब सिर्जना गर्नुपर्ने बताउनुभयो ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)