मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

नारायणी किनारमा छठको रौनक, तस्बिरहरू

ratopati.com · Sun Nov 15 12:31:34 UTC 2026

काठमाडौँ। भरतपुरस्थित नारायणी नदी किनारमा छठ पर्वको मुख्य दिन आज हजारौँ भक्तजनको घुइँचो लागेको छ। अस्ताउँदो सूर्यलाई अर्घ्य दिन नदी किनारमा भक्तजनको चहलपहल बढेको छ।

छठ पूजाका लागि सजाइएको नारायणी किनारमा पूजा सामग्री, केराका घरी, फलफूल र दीपले छुट्टै रौनक थपेको छ। श्रद्धा, आस्था र भक्तिभावका साथ भक्तजनहरू अस्ताउँदो सूर्यको उपासना गर्दै छठ पर्व मनाइरहेका छन्।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)