मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

राष्ट्रपति पौडेलद्वारा गुह्येश्वरीमा छठीमाताको पूजा आराधनासहित अर्घ्य दान

kathmandupati.com · Sun Nov 15 12:32:21 UTC 2026

काठमाण्डु – छठ पर्वका अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले पशुपतिको गुह्येश्वरीस्थित वाग्मती किनारमा निर्माण गरिएको छठी माताको प्रतिमामा पूजा आराधनासहित अर्घ्य दान गरेका छन् ।

प्रथम महिला सविता पौडेलसहित छठ पूजा स्थल पुगेका राष्ट्रपति पौडेलले छठी माताको प्रतिमामा पूजा आराधना गरी गौरीघाट क्षेत्रको छठ पर्वको उद्घाटन गरेका थिए । राष्ट्रपति पौडेलले उद्घाटन गरेसँगै गुह्येश्वरी गौरीघाट क्षेत्रमा निर्माण गरिएका ६०० भन्दाबढी छठ घाट अर्थात् पूजा स्थलमा जम्मा भएका व्रतालुले अस्ताउँदो सूर्यलाई पूजा आरधना गरी अर्घ्य दिएर छठ पर्व मनाउँदैछन् ।

स्रोतमा पूरा पढ्नुहोस् (kathmandupati.com)