नेपाल भ्रमणमा नेपथ्य
ratopati.com · Sun Nov 15 12:47:06 UTC 2026

काठमाडौँ । सिक्किम र नेपालका पूर्वी भेगको यात्रा सकेर भर्खरै फर्किएको नेपथ्य ब्यान्डले फेरि नेपाल यात्राको थालनी गर्ने भएको छ । अबको यात्रा ठुला सहरमा नभई ग्रामीण बस्ती अनि मझौला सहरमा केन्द्रित गर्न लागेको हाे ।
ब्यान्ड चितवनको सौराहा, स्याङ्जाको पुतलीबजार, म्याग्दीको बेनी र तनहुँको बेल चौतारामा प्रस्तुत हुन लागेको हो । ब्यान्डले अबको पहिलो कन्सर्ट मङ्सिर ३ मा सौराहामा गर्नेछ । त्यसका लागि पर्यटकीय आकर्षणको केन्द्र रहेको यस बस्तीको सिसुवार मैदान (सभागृह अगाडि) रोजिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)