काठमाण्डुविरुद्ध पोखराका कुशल भुर्तेल र युवराज सम्राको अर्धशतक
corporatenepal.com · Sun Nov 15 12:36:23 UTC 2026
काठमाडौं । पोखरा एभेन्जर्सका कुशल भुर्तेल र युवराज सम्राले नेपाल प्रिमियर लिग (एनपीएल)मा आइतबार काठमान्डु गोर्खाजविरुद्ध अर्धशतक प्रहार गरेका छन् ।
त्रिवि क्रिकेट मैदानमा भइरहेको खेलमा भुर्तेलले २७ बल खेल्दै ५ चौका र ४ छक्का मदतमा ५१ रन बनाए भने साम्राले २६ बल खेल्दै ६ चौका र ३ छक्का मद्दतमा ५१ रन बनाए । यस सिजनको एनपीएलमा भुर्तेलको यो दोस्रो अर्धशतक हो । यसअघि उनले कर्णाली याक्सविरुद्ध अर्धशतक प्रहार गरेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)