सौराहामा हात्ती सफारी गर्नेको सङ्ख्या बढ्यो
corporatenepal.com · Sun Nov 15 12:39:13 UTC 2026

चितवन । सौराहामा हात्ती सफारी गर्ने पर्यटकको सङ्ख्या पछिल्लो समय बढिरहेको छ । एउटा हात्तीले दैनिक चार पटकसम्म पर्यटकलाई वन क्षेत्रमा घुमाउने गरेको छ । कोभिडपछि हात्ती चढ्न आउने पर्यटकको सङ्ख्या यस वर्ष बढी भएको पर्यटन व्यवसायीले जनाएका छन् ।
सौराहा आएका पर्यटक हात्ती चढेर बाघमारा, चित्रसेन र कुमरोज मध्यवर्ती सामुदायिक वन घुम्ने गर्दछन् । हात्तीबाट पर्यटकले दुर्लभ एक सिङ्गेगैँडा, पाटेबाघ जस्ता वन्यजन्तु हेरेर रमाउने गर्दछन् । युनाइटेड हात्ती सञ्चालन सहकारी संस्थाका अध्यक्ष दीपेन्द्र खतिवडाका अनुसार यस वर्ष एउटा हात्तीले दैनिक सरदर दुई पटक निकुञ्ज घुमाएको बताए । उनले भने, “कोभिडपछि सबैभन्दा बढी हात्ती चढ्न आएका पर्यटकको सङ्ख्या यसै वर्ष हो ।”
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)