९९ रन बनाएर आउट भए कुशल भुर्तेल
nepalpress.com · Sun Nov 15 12:45:09 UTC 2026
काठमाडौं । पोखरा एभेन्जर्सका पूर्वकप्तान कुशल भुर्तेलले काठमान्डु गोर्खाजविरुद्ध आक्रामक ब्याटिङ गर्दै आउट भएका छन् ।
भुर्तेल १ रनले शतक बनाउन बाट चुके । शतक हानेमा उनी एनपीएल इतिहासमै शतक प्रहार गर्ने पहिलो नेपाली खेलाडी बन्ने थिए । उनी ५१ बलमा ९९ रनमा आउट भए । भुर्तेलले ८ चौका ८ छक्का प्रहार गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)