काठमाण्डुविरुद्ध पोखराको २२५ रनको कीर्तिमानी चुनौति
corporatenepal.com · Sun Nov 15 12:53:46 UTC 2026
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल)को जारी तेस्रो संस्करणअन्तर्गत आज (आइतबार) भएको दोस्रो खेलमा पोखरा एभेन्जर्सले काठमाण्डु गोर्खाजलाई २२५ रनको कडा चुनौति दिएको छ । पोखराले बनाएको यो एनपीएलकै कीर्तिमानी रन हो ।
आफ्नो अन्तिम खेलमा पोखराले काठमान्डुविरुद्ध २० ओभरमा ३ विकेट गुमाउँदै २२४ रनको योगफल खडा गरेको हो । यो स्कोर एनपीएल इतिहासकै सर्वाधिक हो । यसअघि दोस्रो सिजनमा विराटनगरले पोखराविरुद्ध नै ६ विकेट गुमाउँदै २२० रन जोडेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)