मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

जनकपुरधामको गङ्गासागरमा रास्वपा सभापति लामिछाने दम्पतीद्वारा छठ पूजा

gorkhapatraonline.com · Sun Nov 15 12:52:51 UTC 2026

ढल्केबर, कात्तिक २९ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र उहाँकी धर्मपत्नी निकिता पौडेलले जनकपुरधामस्थित ऐतिहासिक गङ्गासागर पोखरीमा छठ पूजा गर्नुभएको छ । छठ पर्व मनाउन जनकपुरधाम आउनुभएका लामिछाने दम्पतीले आइतबार साँझ गङ्गासागर पोखरीको घाटमा पुगेर परम्परागत विधिअनुसार अस्ताउँदो सूर्यलाई अघ्र्य अर्पण गर्नुभएको हो ।

छठ पूजामा सहभागी हुँदा सभापति लामिछाने मिथिलाको मौलिक पहिचान झल्किने धोतीकुर्ता पहिरनमा देखिनुभएको थियो । उहाँकी धर्मपत्नी निकिता पौडेल पनि परम्परागत धार्मिक विधिअनुसार पूजामा सहभागी हुनुभएको थियो । सभापति लामिछाने दम्पतीको छठ पूजामा सहभागिताले जनकपुरधाम र छठ पुजाको महत्व बढेको स्थानीयको भनाइ छ । यसअघि उहाँहरुले जनकपुरधाम उपमहानगरपालिका–२, शिवचोकस्थित नरेश साह र उहाँकी धर्मपत्नी लक्ष्मी देवीको निवासमा छठ पर्वअन्तर्गतको विधि खरना गर्नुभएको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)