कांग्रेस विधायकले मञ्चबाटै माइक र कुर्सी फ्याँकेपछि…
kendrabindu.com · Sun Nov 15 13:04:30 UTC 2026

पिथौरागढ। भारतको उत्तराखण्डस्थित पिथौरागढ जिल्लाको ऐतिहासिक जौलजीबी मेलामा माइक बन्द गरिएपछि कांग्रेसका विधायक हरिश सिंह धामीले मञ्चमै हंगामा गरेका छन् । मेला आयोजक समितिको अध्यक्षसमेत रहेका धामीले आफूलाई बोल्न नदिएको भन्दै माइक फ्याँक्नुका साथै कुर्सीसमेत फ्याँकेका हुन् ।
घटना शनिबारको हो । जौलजीबी मेलामा सहभागी हुन पुगेका उत्तराखण्डका मुख्यमन्त्री पुष्कर सिंह धामीले सम्बोधन तथा विभिन्न घोषणा गरेर कार्यक्रमस्थलबाट बाहिरिएपछि विवाद सुरु भएको थियो । मुख्यमन्त्री बाहिरिएलगत्तै कांग्रेस विधायक हरिश धामी आफ्ना समर्थकसहित मञ्चमा पुगेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)