मुगुमा हाइलक्स गाडी दुर्घटना : ३ जनाको मृत्यु, दुई घाइते
annapurnapost.com · Sun Nov 15 12:57:34 UTC 2026

मुगु : मुगुमा हाइलक्स गाडी दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय मुगुका अनुसार शुक्रबार दिउँसो करिब ४:४५ बजे छायानाथ रारा नगरपालिका–७ टोप्लास्थित ताल्चा–रारा कच्ची सडकखण्डमा सुर्खेतबाट रारातर्फ जाँदै गरेको बा १७ च १८६४ नम्बरको हाइलक्स गाडी दुर्घटनामा परेको हो।
दुर्घटनामा काठमाडौंको कलंकीका ५० वर्षीय विजय बस्नेत,५४ वर्षीय रमेश बिडारी र ५० वर्षीय पूर्णकुमार थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रबि राज थपलियाले जानकारी दिए। उनका अनुसार ललितपुर महानगरपालिका–१५ का ५८ वर्षीय चालक कञ्चन थापा र सोही ठाउँकी ५४ वर्षीया अञ्जु थापा मध्यम घाइते भएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)