अस्ताउँदो सूर्यलाई अर्घ दिई छठ पर्व मनाइयो
corporatenepal.com · Sun Nov 15 13:06:17 UTC 2026

काठमाडौं । लोकआस्थाको महापर्व छठको ‘सझिया अरख’ आज साँझ सम्पन्न गरिएको छ । मिथिला क्षेत्रमा आज कार्तिक शुक्ल षष्ठी तिथिको निराहार उपवास गरेका व्रतालुले अस्ताउँदो सूर्यलाई पहिलो अर्घ्य दिएसँगै ‘सझिया अरख’ विधि सम्पन्न भएको हो ।
नदी, तलाउ र कुण्डसहितका जलाशयमा निर्मित मनोरम घाटमा व्रतालुले आज साँझ अस्ताउँदा सूर्यलाई पहिलो अर्घ्य दिएका हुन् । सम्पूर्ण मिथिला क्षेत्रमा आज साँझ ५ः१० बजेको समयमा सूर्यास्त भएको छ । सूर्यास्तको बेला पारेर सूर्यदेव र छठीदेवीको महिमा गान गरिएका मङ्गलगानका बीच पहिलो अर्घ्यको विधि सम्पन्न भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)