मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

हिमाली जिल्ला म्याग्दीमा पनि छठ पर्व मनाइयो

canadanepal.com · Sun Nov 15 13:11:25 UTC 2026

म्याग्दी - हिमाली जिल्ला म्याग्दीको सदरमुकाम बेनी बजारमा बिहीबार छठ पर्व मनाइएको छ । म्याग्दीमा बसोबास गर्दै आएका तराई मूलका नेपाली तथा भारतीय नागरिकले धार्मिक विधिअनुसार छठ पर्व मनाएका हुन् ।

बेनी नगरपालिका–८ स्थित कालीगण्डकी नदी किनारमा भेला भएका मिथिलाञ्चलबासीले बिहीबार साँझ छठी देवीको पूजाआजा गर्दै अस्ताउँदो सूर्यलाई अर्घ्य दिएका थिए । प्रत्येक वर्ष कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने छठ पर्वले धार्मिक आस्था, सामाजिक एकता र सद्भावको सन्देश दिएको छ । व्रतालुहरूले शुक्रबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि पर्व सम्पन्न गर्नेछन् ।

स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)