मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

सौराहामा हात्ती सफारी गर्नेको सङ्ख्या बढ्यो

khabarhub.com · Sun Nov 15 13:15:34 UTC 2026

चितवन – सौराहामा हात्ती सफारी गर्ने पर्यटकको सङ्ख्या पछिल्लो समय बढिरहेको छ । एउटा हात्तीले दैनिक चार पटकसम्म पर्यटकलाई वन क्षेत्रमा घुमाउने गरेको छ । कोभिडपछि हात्ती चढ्न आउने पर्यटकको सङ्ख्या यस वर्ष बढी भएको पर्यटन व्यवसायीले जनाएका छन् ।

सौराहा आएका पर्यटक हात्ती चढेर बाघमारा, चित्रसेन र कुमरोज मध्यवर्ती सामुदायिक वन घुम्ने गर्दछन् । हात्तीबाट पर्यटकले दुर्लभ एक सिङ्गेगैँडा, पाटेबाघ जस्ता वन्यजन्तु हेरेर रमाउने गर्दछन् ।

स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)