मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

हुम्लामा मेसिनबाट मापसे चेकिङ सुरु, १० चालक कारबाहीमा

annapurnapost.com · Sun Nov 15 13:06:54 UTC 2026

हुम्ला : हिमाली जिल्ला हुम्लामा मादक पदार्थ सेवन (मापसे) गरेर सवारीसाधन चलाउने चालकलाई नियन्त्रण गर्न ट्राफिक प्रहरीले चेकिङ अभियान सुरु गरेको छ ।

ब्रेथलाइजर मेसिन प्राप्त भएपछि ट्राफिक प्रहरीले नियमित मापसे जाँच गर्न थालेको ट्राफिक प्रहरी कार्यालय हुम्लाका प्रमुख प्रहरी सहायक निरीक्षक दिपेश चौहानले बताए। उनका अनुसार मापसे सेवन गरेर सवारीसाधन चलाउने गरेको गुनासो बढ्न थालेपछि जिल्लाका विभिन्न सवारीसाधनका चालकलाई लक्षित गरी जिल्लाका तिन वटा चेकपोष्ट मार्फत मेनुअल्ली चेकिङ भइरहेको भएपनि सिमकोटमा ब्रेथलाइजर मेसिनमार्फत चेकिङ सुरु गरिएको बताए ।

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)