मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

लुकाएर राखिएका ४ थान भरुवा बन्दुक म्याग्दीबाट बरामद

annapurnapost.com · Sun Nov 15 13:13:06 UTC 2026

म्याग्दी : म्याग्दीमा लुकाएर राखिएका ४ थान भरुवा बन्दुक बरामद भएका छन्। मालिका गाउँपालिका –०५ देवीस्थान पोन्थोकस्थित पोन्थोक खोलाको किनार क्षेत्रमा लुकाइछिपाई राखिएका ४ थान भरुवा बन्दुक बरामद गरिएको इलाका प्रहरी कार्यालय दरबाङले जनाएको छ।

प्रहरी टोलीले गस्ती गर्ने क्रममा खोलाको किनार क्षेत्रमा लुकाइछिपाई राखिएको अवस्थामा ४ थान भरुवा बन्दुक फेला पारी बरामद गरेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)