छठ पर्व : नवलपरासीमा पनि व्रतालुद्वारा अस्ताउँदो सूर्यको पूजा–आराधना
annapurnapost.com · Sun Nov 15 13:07:36 UTC 2026

परासी : छठ पर्वअन्तर्गत आइतबार साँझ नवलपरासीका विभिन्न स्थानमा व्रतालुहरूले अस्ताउँदो सूर्यलाई अर्घ्य दिँदै छठी माताको पूजा-आराधना गरेका छन्।
छठको पूजा गर्दा आवश्यक पर्ने उखु, केराको बोट, बेसार, अदुवा, नरिवल, जौ, भुसुवा, ठेकुवा, फलफूल र मिठाइस्ता पूजा सामग्री लिएर व्रतालुहरू नजिकै रहेका पोखरी, नदी, तलाउ र जलाशयमा पुगी अस्ताउँदो सूर्य र छठी माताको पूजा–आराधना गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)