मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

मुगुमा पर्यटक बोकेको स्कोरपियो दुर्घटना तीन जनाको मृत्यु

barnanmedia.com · Sun Nov 15 13:13:55 UTC 2026

​सुर्खेत : मुगुको छायानाथ रारा नगरपालिका–७ टिप्ला गाउँस्थित रारा जाने सडकमा पर्यटक सवार स्कोरपियो दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।

​रारा तालतर्फ जाँदै गरेको बा १७ च १८६४ नम्बरको स्कोरपियो आइतबार साँझ करिब ४ बजे जिरो प्वोइन्टबाट करिब एक सय मिटर अगाडि दुर्घटनामा परेको हो। जिल्ला प्रहरी कार्यालय मुगुका अनुसार दुर्घटनाका बेला गाडीमा पाँच जना सवार थिए, जसमा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)