मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

मासपुरका स्थानीयको हातमा छैन जग्गाको लालपुर्जा

gorkhapatraonline.com · Sun Nov 15 13:18:43 UTC 2026

हुम्ला कात्तिक २९ गते । जिल्लाको दक्षिणी क्षेत्रको ताँजाकोट गाउँपलिका– ३ को मासपुर गाउँका स्थानीयहरुको हातमा अहिलेसम्म छैन । जिल्लाको दुरदराजमा रहेको उक्त गाउँवासीको लालपुर्जा तीन वर्ष अगाडि बनेको भएपनि स्थानीयलाई आवतजावतमा कठिनाइ भएको कारण हालसम्म लालपुर्जा हातमा नपरेको हो ।

जिल्लाको दुर्गममा पर्ने मासपुर गाउँका २६ घरधुरीमध्ये २२ घरधुरीले हालसम्म जग्गाको लालपुर्जा नपरेको स्थानीय ठान बहादर बुढाले बताउनुभयो । तीन वर्ष अगाडि तत्कालीन मालपोत कार्यालय र हालको भुमी व्यवस्था कार्यालयले गाउँवासीको लालपुर्जा तयार गरेको भएपनि हालसम्म सडक नजोडिएका गाउँका रुपमा परिचित मासपुरका स्थानीय सदरमुकाम सिमकोट आउन नसकेको कारण लालपुर्जा हालसम्म हातमा नपरेको उहाँको भनाइ छ ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)