एनपिएलः पोखराद्वारा काठमाण्डुसामु २२५ रनको लक्ष्य
rajdhanidaily.com · Sun Nov 15 13:24:29 UTC 2026
काठमाडौं । तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत पहिलो चरणको अन्तिम खेलमा पोखरा एभेन्जर्सले काठमाण्डु गोर्खाजसामु २२५ रनको लक्ष्य प्रस्तुत गरेको छ । एनपिएलका तीनवटा संस्करणसम्म आइपुग्दा पोखरा एभेन्जर्सले बनाएको २२४ रनको योगफल हालसम्मकै उच्च हो । यसअघि गत वर्ष दोस्रो संस्करणको एनपिएलमा विराटनगरले पोखराविरुद्ध २२० रन बनाएको थियो ।
कीर्तिपुरस्थित त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको पोखराले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर २२४ रन बनायो । पोखराका लागि कुशल भुर्तेल र युवराज सिंह साम्राले उत्कृष्ट पारी खेले । भुर्तेलले ५१ बलमा ८ चौका र ८ छक्कासहित ९९ रन तथा साम्राले ५५ बलमा ८ चौका र ५ छक्काको मद्दतमा ८९ रनको पारी खेले । यस्तै, कप्तान चमिका करुणारत्नेले अविजित १९ रन बनाए ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)