मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

मुगुमा हाइलक्स जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु, दुई घाइते

rajdhanidaily.com · Sun Nov 15 13:27:19 UTC 2026

मुगु । मुगुको छायानाथ रारा नगरपालिका–७ टोप्लास्थित ताल्चा–रारा कच्ची सडकखण्डमा हाइलक्स जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्। शनिबार साँझ करिब ४:४५ बजे सुर्खेतबाट रारातर्फ जाँदै गरेको बा १७ च १८६४ नम्बरको हाइलक्स जिप सडकबाट करिब ६ सय मिटर तल खसेर दुर्घटनामा परेको हो।

जिप ललितपुर महानगरपालिका–१५ निवासी ५८ वर्षीय कञ्चन थापाले चलाएका थिए। दुर्घटनामा जिपमा सवार काठमाडौं कलंकी निवासी ५० वर्षीय विजय बस्नेत, काठमाडौं निवासी ५४ वर्षीय रमेश बिडारी र ५० वर्षीय पूर्णकुमार थापाको मृत्यु भएको छ। प्रहरीका अनुसार तीनै जनालाई उद्धार गरी जिल्ला अस्पताल मुगु पुर्‍याएपछि चिकित्सकले मृत घोषणा गरेका थिए।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)