नेपाल भ्रमणमा नेपथ्य
newspolar.com · Sun Nov 15 13:29:28 UTC 2026

काठमाडौँ: सिक्किम र नेपालका पूर्वी भेगको यात्रा सकेर भर्खरै फर्किएको नेपथ्य ब्यान्डले फेरि नेपाल यात्राको थालनी गर्ने भएको छ । अबको यात्रा ठूला सहरमा नभई ग्रामीण बस्ती अनि मझौला सहरमा केन्द्रित हुँदै छ ।
ब्यान्ड चितवनको सौराहा , स्याङ्जाको पुतलीबजार , म्याग्दीको बेनी र तनहुँको बेलचौतारामा प्रस्तुत हुन लागेको हो । ब्यान्डले अबको पहिलो कन्सर्ट मङ्सिर ३ मा सौराहामा गर्नेछ । त्यसका लागि पर्यटकीय आकर्षणको केन्द्र रहेको यस बस्तीको सिसुवार मैदान (सभागृहअगाडि) रोजिएको छ । यस कन्सर्टका लागि तोकिएका सहुलियत दरका टिकट निकैअघि बिक्री भइसकेका छन् । अन्य टिकट पनि थोरै मात्र बाँकी छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (newspolar.com)