मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

अस्ताउँदो सूर्यलाई अर्घ दिई छठ पर्व मनाइयो

canadanepal.com · Sun Nov 15 13:29:00 UTC 2026

कपिलवस्तु - कपिलवस्तुमा अस्ताउँदो सूर्यलाई अर्घ दिएर छठ पर्व श्रद्धा र भक्तिपूर्वक मनाइएको छ । जिल्लाको सदरमुकाम तौलिहवास्थित जमुवार नदी, वाणगङ्गाको रामघाट नदी, कृष्णनगरको सुरही नदीलगायत विभिन्न नदी, ताल तथा जलाशयमा व्रतालुले अस्ताउँदो सूर्यलाई अर्घ अर्पण गरेका हुन् ।

छठ पूजाका लागि व्रतालु तथा श्रद्धालुले नदी र तालका किनारमा पूजास्थल निर्माण गरी विभिन्न सामग्री सजाएका थिए । पूजामा प्रशोधित सामग्री प्रयोग नगरी प्राकृतिक फलफूल तथा घरमै तयार पारिएका परिकार चढाइएको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)