मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

प्रधानमन्त्रीको निजी सचिवालयमा जिम्मेवारी हेरफेर, हट्यो माधव खनालको नाम

onlinekhabar.com · Sun Nov 15 13:44:46 UTC 2026

२९ कात्तिक, काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले आफ्नो निजी सचिवालयमा नियुक्तहरू मध्ये केहीको जिम्मेवारी हेरफर गरेका छन् । यो हेरफेरमा केहीको पद पनि बदलिएको छ । पासपोर्ट ठेक्का प्रकरणमा सरकारी अधिकारीहरूलाई सोधपुछ गर्ने घटनामा जोडिएका माधव खनालको नाम भने अहिले सचिवालयको जिम्मेवारी हेरफेरमा छैन ।

त्यसबेला नै उनलाई जिम्मेवारीबाट अलग गरिएको थियो । तर उक्त खबर आएपछि प्रधानमन्त्रीको सचिवालयकै अधिकारीहरूले उक्त कुरा सही नभएको भन्दै खण्डन गरेका थिए । तर त्यसपछि देखि नै सचिवालयको काममा नरहेका खनालको नाम अहिले सचिवालयका सदस्यहरूको जिम्मेवारी र पदीय हेरफेरमा छैन ।

स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)