जनताका मुद्दामा सरकारलाई सहयोग गर्न कांग्रेस तयार छ : महामन्त्री पौडेल
kendrabindu.com · Sun Nov 15 13:50:34 UTC 2026

स्याङ्जा । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले नागरिकका अपेक्षा पूरा हुने गरी काम गर्न वर्तमान सरकारलाई सुझाव दिएका छन् । झण्डै दुई तिहाइको समर्थन प्राप्त सरकारप्रति नागरिकको अपेक्षा धेरै रहेकाले जनहितलाई केन्द्रमा राखेर काम गर्नुपर्ने उनले बताएका हुन् ।
नेपाली कांग्रेस स्याङ्जा क्षेत्र नम्बर २ ले आइतबार वालिङमा आयोजना गरेको पदस्थापन तथा प्रशिक्षण कार्यक्रममा बोल्दै महामन्त्री पौडेलले नागरिकसँग प्रत्यक्ष जोडिएका मुद्दालाई प्राथमिकतामा राख्न सरकारलाई आग्रह गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)