दक्षिण कोरियाको करसम्बन्धी परीक्षामा एआई प्रयोग गरेर चिट गरेको सर्वाधिक अंक ल्याउने उम्मेदवारको स्वीकारोक्ति
bishowkhabar.com · Sun Nov 15 13:46:46 UTC 2026

काठमाडौं– दक्षिण कोरियामा यस वर्ष कर लेखापाल बन्न लिइएको राष्ट्रिय परीक्षामा सर्वाधिक अंक ल्याउने उम्मेदवारले कृत्रिम बुद्धिमता (एआई) प्रयोग गरेर चिट गरेको स्वीकार गरेका छन् । आइतबार उनले आफूले विद्युतीय उपकरण र जेनेरेटिभ एआईको सहायताले परीक्षामा अनियमितता गरेको सार्वजनिक रूपमा स्वीकार गरेका हुन् ।
दुवै चरणका परीक्षामा सयौं प्रश्नमध्ये लगभग सबैमा पूर्ण अंकको हाराहारीमा नतिजा ल्याएपछि उनको सफलतामाथि केही महिनादेखि शंका व्यक्त हुँदै आएको थियो । अन्ततः ती शंका सही साबित भएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)